SHARE
कालिका खबर · मङगलबार २ मंिर २०८३ ०६:२१ AM · 1 मिनेट पढाइ

इमरान खानको स्वास्थ्य अवस्था गम्भीर, छोराहरूले भने– जेलमै ज्यान जान सक्छ

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तेहरिक–ए–इन्साफ ९पीटीआई० का संस्थापक इमरान खानको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनले छोराहरूले जेलभित्रै आफ्नो बुबामाथि शारीरिक तथा मानसिक यातना भइरहेको आरोप लगाउँदै उनको स्वास्थ्य अवस्था गम्भीर बनेको बताएका हुन् । बेलायतको स्काई न्युजसँगको अन्तर्वार्तामा छोराहरू सुलेमान इसा खान र कासिम खानले अदियाला जेलमा रहेका ७४ वर्षीय इमरानको स्वास्थ्य तीव्र रूपमा बिग्रिरहेको भन्दै तत्काल निजी अस्पतालमा स्थानान्तरण गर्न माग गरेका हुन् । उनीहरूका अनुसार इमरानको रक्तचाप अत्यधिक बढेको छ ।