SHARE
कालिका खबर · मङगलबार २ मंिर २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

पूर्वआईजीपी दानबहादुर कार्कीको रिटमा भोलि पहिलो सुनुवाइ

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट आफूलाई हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा भोलि प्रारम्भिक सुनुवाइ हुने भएको छ। कार्कीले पुनर्वहालीको मागसहित दिएको रिट यसअघि हिजो सुनुवाइका लागि पेसीमा चढेको थियो। तर छठ पर्वको सार्वजनिक बिदाका कारण सुनुवाइ हुन नसकेपछि भोलिका लागि पेसी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। सरकारको निर्णयले प्रहरी ऐन, २०१२ र प्रहरी नियमावली, २०७१ को व्यवस्था उल्लंघन गरेको कार्कीको दाबी छ। उनले आफूलाई पुनः प्रहरी महानिरीक्षकको जिम्मेवारीमा फर्काउन माग गर्दै रिट दिएका हुन्।