SHARE
कालिका खबर · मङगलबार २ मंिर २०८३ ०३:४३ AM · 1 मिनेट पढाइ

काठमाडौं उपत्यकामा करिब २० हजार कुखुरामा छाप लगाएर मासु जाँच ऐन कार्यान्वयन सुरु

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ । विभागले दिएको जानकारी अनुसार ऐन लागू भएको पहिलो दिन आज करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासुको परीक्षण गरी छाप लगाउने कार्य प्रारम्भ गरिएको हो ।