अमरेशकुमार सिंहले जानकी मन्दिरबाट थाले मेची–महाकाली पदयात्रा
जनकपुरधाम । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा सुरू गरेका छन् । उनले आज पार्टी सभापति रवि लामिछानेसहितका नेताको उपस्थितिमा जनकपुरधामस्थित जानकी मन्दिरबाट पदयात्राको सुरूवात गरेका हुन् । पदयात्राको उद्घाटन सभापति लामिछानेले गरे । पदयात्राको मुख्य उद्देश्य देशको भौगोलिक, जातीय, धार्मिक तथा सामाजिक विविधताबीच राष्ट्रिय एकता बलियो बनाउनु र जनताका वास्तविक समस्या प्रत्यक्ष रूपमा सुन्नु रहेको उनले बताए। उनले भने, ‘यो देश जोड्ने यात्रा हो, समाज जोड्ने यात्रा हो।