SHARE
बुटवल टुडे · शनिबार १ कात्िक २०८२ ०४:५८ AM · 1 मिनेट पढाइ

भैरहवाको अगरबत्ती उद्योगमा आगलागी, करोडौँको क्षति

भैरहवा, १ कार्तिक । भैरहवास्थित भैयाटोलमा रहेको जय अम्बे अगरबत्ती तथा पूजा सामाग्री प्याकेजिङ्ग उद्योगमा भीषण आगलागी हुँदा करोडौँ रुपैयाँ बराबरको क्षति भएको छ । शनिबार बिहान करिब ५ बजे लागेको आगोको कारण भने खुल्न सकेको छैन ।