SHARE
बुटवल टुडे · शनिबार १ कात्िक २०८२ ०५:२२ AM · 1 मिनेट पढाइ

बारबर्दियाको जागृति सामुदायिक वनबाट चितुवा नियन्त्रण

‎बर्दिया, १ कार्तिक । बर्दिया जिल्लामा विगत केही दिनदेखि स्थानीय वासीहरूलाई आतङ्कित पार्दै आएको चितुवा अन्ततः नियन्त्रणमा आएको छ। बारबर्दिया नगरपालिका वडा नं ११ स्थित जागृति सामुदायिक वनमा डिभिजन वन कार्यालय बर्दियाले राखेको पन्जामा (केजमा) उक्त चितुवा नियन्त्रणमा परेको हो।