SHARE
बुटवल टुडे · शनिबार १ कात्िक २०८२ ०७:५६ AM · 1 मिनेट पढाइ

कपिलवस्तुमा सवारीको ठक्करबाट युवकको मृत्यु

जितपुर, १ कात्तिक । कपिलवस्तुमा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट एक युवाको निधन भएको छ । जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर ९ स्थित जगदीशपुरबाट बनगाई जादै गरेको लु २० प ९४५२ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा अन्दाजी बर्ष २८ का रमेश आचार्यको गए राति मृत्यु भएको हो ।