SHARE
बुटवल टुडे · शनिबार १ कात्िक २०८२ ०१:५६ PM · 1 मिनेट पढाइ

लिग-२ सिरिजका लागि नेपालको टोली घोषणा, अनिल र भीम फर्किए

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले सीडब्ल्यूसी लिग-२ को सिरिजका लागि १५ सदस्यीय टोली घोषणा गरेको छ। क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा टोली घोषणा गरेको हो। टोलीमा अनिल साह र भीम सार्की समेटिएका छन्। त्यस्तै हालै टी-२० विश्वकप छनोट टिममा रहेका  सन्दिप जोरा, लोकेश बम र आदिल आलम भने यो सिरिजका लागि परेका छैनन्।