SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ १२:३१ AM · 1 मिनेट पढाइ

कार्तिक कृष्ण त्रयोदशी: आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरी जयन्ती मनाइँदै

काठमाडौँ । हिन्दु धर्ममा आरोग्यता र स्वास्थ्यसँग सम्बन्धित पवित्र पर्व धन्वन्तरी जयन्ती (आइतबार) आज देशभर मनाइँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिमा मनाइने यस पर्वलाई आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको जन्मजयन्तीका रूपमा श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । धार्मिक विश्वासअनुसार, आजकै दिन भगवान् विष्णु आयुर्वेदका प्रवर्तक धन्वन्तरीका रूपमा अवतरित भएका थिए ।