SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ १२:४१ AM · 1 मिनेट पढाइ

तिहारमा मौसम सामान्यतया सफा रहने

काठमाण्डौ – तिहारमा मौसम सामान्यतया सफा रहने भएको छ । तिहारका बेला देशका पहाडी भागका एक/दुई ठाँउमा छिटपुट पानी पर्न सक्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।