SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०३:०१ AM · 1 मिनेट पढाइ

सिमसार व्यवस्थापनमा जुट्दै स्थानीय सरकार 

नवलपरासी, ०२ कार्तिक । जिल्लाको चुरे पहाडको फेदसँग जोडिएका पालिकाहरूले जल भण्डारणको सम्भाव्यता रहेका क्षेत्रमा पानी जम्मा गरी सिमसार बनाउने कार्यलाई प्राथमिकता दिइएका छन् । हाल जिल्लाको बर्दघाट र सरावल गाउँपालिकाले चुरे पहाडको फेदमा खाल्टाखुल्टी जमिनमा जल भरण गरी सिमसार बनाउने कार्यलाई निरन्तरता दिँदै आएका हुन् ।