SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०४:२९ AM · 1 मिनेट पढाइ

वर्षौदेखि अलपत्र पारिएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया शुरु

काठमान्डौ, २ कार्तिक । सडक तथा पुल निर्माणका लागि ठेक्का सम्झौता गरी वर्षौदेखि काम नगरी आयोजना अलपत्र पार्ने ठेकेदारविरुद्ध सरकारले कठोर कदम चाल्न थालेको छ । यस क्रममा थप ५० वटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको छ ।