SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०५:०५ AM · 1 मिनेट पढाइ

कांग्रेसको विशेष महाधिवेशन पक्षधर भन्छन् : केन्द्रीय समितिको म्याद थप्न खोजियो

काठमान्डौ, २ कार्तिक । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर नेताहरूले अहिलेको केन्द्रीय समितिको म्याद थप्न नहुने स्पष्ट चेतावनी दिएका छन् । केन्द्रीय सदस्य गुरु घिमिरे र मनोजमणि आचार्यलगायत नेताहरूले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पार्टी नेतृत्वले म्याद थप्ने तयारी गरेको आशंका व्यक्त गर्दै त्यसो गर्नु पार्टीको विधानविपरीत हुने बताएका हुन् ।