SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०५:५० AM · 1 मिनेट पढाइ

कांग्रेसमा हस्ताक्षर अभियान : विशेष महाधिवेशन पक्षधरको ६ बुँदे ध्यानाकर्षण

काठमान्डौ, २ कार्तिक । नेपाली कांग्रेसको विशेष महाधिवेशन माग गर्दै केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएका महाधिवेशन प्रतिनिधिहरूले जारी केन्द्रीय समिति बैठक लम्ब्याइएकोप्रति तीव्र आपत्ति जनाएका छन् । आइतबार बिहान नयाँ बानेश्वरस्थित थापा गाउँ ब्याङ्केटमा पत्रकार सम्मेलन गर्दै उनीहरूले वर्तमान केन्द्रीय कार्यसमितिलाई गम्भीर बन्न आग्रह गर्दै ६ बुँदामा ध्यानाकर्षण गराएका हुन् ।