तिहारमा लोडसेडिङ हुदैँन, ढुक्कसँग बत्ती बाल्नुस् : प्राधिकरण
काठमान्डौ, २ कार्तिक । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको तिहारमा लोडसेडिङ नहुने सुनिश्चित गर्दै आम उपभोक्तालाई ढुक्कसँग बत्ती बालेर चाडपर्व मनाउन आग्रह गरेको छ । प्राधिकरणका अनुसार तिहारको समयमा उद्योगधन्दाहरू बन्द हुने भएकाले औद्योगिक क्षेत्रमा खपत हुने ठूलो मात्रामा विद्युत् बचत हुनेछ र त्यो घरायसी उपभोक्ताका लागि सहजै उपलब्ध हुनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
