SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०७:४२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री कार्कीद्वारा मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह

काठमान्डौ, २ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सबै नागरिकलाई मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएर मताधिकार सुनिश्चित गर्न आग्रह गरेकी छन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमा लेखेकी छन्, “सक्रिय नागरिक बनौँ, आफ्नो मताधिकार सुनिश्चित गरौँ ।” उनले मतदाता आफ्नो नाम आयोगको वेबसाइटबाट जाँच गर्न सक्ने पनि जानकारी दिइन् ।