SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०८:०२ AM · 1 मिनेट पढाइ

नेकपाको माग: ५०० र १००० रुपैयाँका नोट तुरुन्त खारेज गरियोस्

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँच सय र एक हजार दरका नोट खारेज गर्न माग गरेको छ । भ्रष्टाचार, तस्करी, माफिया लगायतका गतिविधिबाट सृजना भएको कालो धन नियन्त्रण गरी देशको अर्थतन्त्रलाई पारदर्शी बनाउने उद्देश्यले ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने निष्कर्ष नेकपाले निकालेको हो ।