SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०८:०५ AM · 1 मिनेट पढाइ

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम ४० प्रतिशत सम्पन्न

भरतपुर, २ कार्तिक । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम अहिलेसम्म करिब ४० प्रतिशत सम्पन्न भएको छ । भरतपुर महानगरपालिकाले प्रदेश र सङ्घीय सरकारको सहयोगमा रङ्गशाला निर्माण गरेको हो । भरतपुर महानगरका इञ्जिनियर घनश्याम मिश्रका अनुसार हाल प्यारापिट र दुईवटै भिआइपी टावरको दोस्रो तलाको काम भइरहेको छ ।