SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०८:२१ AM · 1 मिनेट पढाइ

तिहार मनाउन उपत्यका छाड्नेको संख्या ६ लाख पुग्ने अनुमान

काठमाडौँ । शनिबारदेखि सुरु भएको तिहारका लागि करिब ६ लाख मानिस काठमाडौँ उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ ।नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले यसपटक तिहारको बिदा लामो भएका कारण उपत्यका छोड्नेको संख्या बढ्ने अनुमान गरेको छ । महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले तिहारमा बाहिरिने यात्रुहरूका लागि सहज रूपमा यातायात व्यवस्थापन हुने जानकारी दिएका छन् ।