SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०८:२६ AM · 1 मिनेट पढाइ

नेकपाद्वारा अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग

काठमान्डौ, २ कार्तिक । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय सरकार गठनको माग गरेको छ । पार्टीले बुधबार पत्रकार सम्मेलनमार्फत यस्तो धारणा सार्वजनिक गर्दै वर्तमान सरकारले सबै दल र जेनजी आन्दोलनको भावनालाई समेट्न नसकेको आरोप लगाएको हो ।