SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०८:४१ AM · 1 मिनेट पढाइ

नेपाली नोटमा नेपाल संवत्‌को मिति उल्लेख गरिने

काठमान्डौ, २ कार्तिक । यस वर्षदेखि नेपाली नोटमा नेपाल संवत्‌को मिति उल्लेख गरिने भएको छ । शङ्खधर साख्वाः प्रतिष्ठान भक्तपुरले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल संवत् ११४६ नयाँ वर्षको दिन आगामी ५ गते बुधबार प्रधानमन्त्री सुशीला कार्कीद्वारा शङ्खधर साख्वाःको शालिकमा हुने माल्यार्पण कार्यक्रममा त्यसको औपचारिक घोषणा गर्ने गरी सहमति भएको जानकारी दिइयो ।