SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ०९:४४ AM · 1 मिनेट पढाइ

विप्लव नेतृत्वको नेकपाले भन्यो: सुशीला कार्की नेतृत्वको सरकार खारेज गरौँ

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज हुनुपर्ने माग गरेको छ। गएको असोज २६ देखि ३० गतेसम्म कपिलवस्तुमा नेकपाको केन्द्रीय कमिटीको विशेष बैठकको निर्णय आइतबार सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले वर्तमान सरकार खारेज गरी सर्वपक्षीय सरकार गठन गर्न माग गरेका हुन्।