पाकिस्तान र अफगानिस्तानबिच तत्काल युद्धविराममा सहमति
काठमाडौँ । कतारको दोहामा भएको शान्ति वार्तापछि पाकिस्तान र अफगानिस्तानले तत्काल युद्धविराम गर्न सहमति जनाएका छन् ।एक हप्ताको सीमा झडपपछि दोहामा वार्ताका क्रममा अफगानिस्तान र पाकिस्तानले तत्काल युद्धविराम गर्न सहमति जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । सन् २०२१ मा तालिबान पुनः अफगानिस्तानको सत्तामा फर्किएपछि यो दुवै देशबीचको सबैभन्दा ठूलो द्वन्द्व मानिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
