SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ ११:०३ AM · 1 मिनेट पढाइ

वडा अध्यक्ष सहित जुवा खेलिरहेका ६ जना पक्राउ

सल्यान, २ कार्तिक । सल्यानमा वडा अध्यक्ष सहित जुवा खेलिरहेका छ जना पक्राउ परेका छन् । सल्यानको श्रीनगरबाट प्रहरीले एक लाख रुपियाँ बढी नगदसहित उनीहरूलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको टोलीले शारदा नगरपालिका, १ श्रीनगर स्थित लोकबहादुर बुढाथोकीको घरमा आइतबार बिहान छापा मार्दा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।