रोटरी बुटवल चौतारीद्वारा मानवसेवा आश्रममा आश्रितलाई भोजन वितरण
बुटवल, २ कात्तिक । रोटरी क्लब अफ बुटवल चौतारीले मानवसेवा आश्रमका आश्रितहरूलाई भोजन ग्रहण गराएको छ । बुटवलको सुख्खानगरस्थित मानवसेवा आश्रममा क्लबका सदस्यहरूले माया र सम्मानका साथ आश्रितहरूलाई खाना खुवाएर आश्रितहरुसँग क्लव सँगै रहेको सन्देश दिएका हुन् । क्लवका निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलको जन्मदिनलाई क्लवले मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन ग्रहण गराएर मनाएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
