SHARE
बुटवल टुडे · आइबार​ २ कात्िक २०८२ १२:३९ PM · 1 मिनेट पढाइ

राजसंस्थासहित सर्वपक्षीय शक्तिको संवाद आवश्यक छ: कांग्रेस नेता श्रेष्ठ

काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले राजसंस्थासहितका शक्तिहरूसँग संवाद गरेर राजनीतिक निकास खोज्नुपर्ने प्रस्ताव गरेका छन्। श्रेष्ठले ललितपुरमा पत्रकार सम्मेलन गरी सरकारले दलहरूलाई निषेध गर्ने नीति अपनाइएको भन्दै वर्तमान सरकारप्रति आक्रोश पोखेका हुन्।