SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ १२:२४ AM · 1 मिनेट पढाइ

पार्टी पुनर्गठनको माग राख्दै सचिवालयमा बस्न मानिनन् तोसिमा, रास्वपामा खैलाबैला

काठमाडौँ । जेनजी आन्दोलनपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पनि नेतृत्व फेरबदलको माग उठ्न थालेको छ। यो विषय केन्द्रीय सदस्य तोसिमा कार्कीले उठाउँदै शनिबार बसेको सचिवालय बैठकमा सहभागी हुन अस्वीकार गरेकी छिन्। कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विघटित प्रतिनिधि सभाका प्रत्यक्ष निर्वाचित पाँच जना सांसदलाई सचिवालयमा ल्याउने निर्णय गरेका थिए।