SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ १२:४० AM · 1 मिनेट पढाइ

निर्वाचन तयारी: आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको उनको सचिवालयले जानकारी दिएको छ। छलफल आज (सोमबार) दिउँसो ४ बजेका लागि तय भएको छ।