SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ १२:५४ AM · 1 मिनेट पढाइ

यमपञ्चकको दोस्रो दिन: कुकुर तिहार र नरक चतुर्दशी

काठमाडौँ । यमपञ्चकको दोस्रो दिन आज सम्पूर्ण नेपालीहरूले आफ्ना घर आँगनमा कुकुरलाई टीका, माला र मीठा खानेकुरा खुवाएर श्रद्धा र सम्मानपूर्वक पूजा गरिरहेका छन् । वैदिक परम्परा अनुसार कुकुरलाई यमराजको दूत र धर्मराजको द्वारपालको रूपमा मानिन्छ । आजको दिन कुकुरको पूजा नगरी खाना खाएमा पाप लाग्छ भन्ने धार्मिक मान्यता रहेको छ ।