SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ ०२:५५ AM · 1 मिनेट पढाइ

चाडपर्वमा गुल्मीमा बजार अनुगमन

गुल्मी, ०३ कार्तिक । जिल्लामा पछिल्लो समयमा बजार अनुगमनलाई तीव्रता दिइएको छ । जसका कारण उपभोक्ता एवं व्यवसायीहरूमा सचेतना बढ्दै गएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय, घरेलु एवं स्थानीय पालिकाहरूद्वारा मुख्य चाडपर्वको अवसर पारेर गरिएको बजार अनुगमनको क्रममा दुवै पक्ष सचेत रहेको पाइएको हो ।