पोखराको कारागारबाट फरार बन्दी पाल्पामा पक्राउ
पाल्पा, ३ कात्तिक । कास्कीस्थित पोखरा कारागारबाट फरार भएका एक बन्दी पाल्पामा पक्राउ परेका छन्। प्रहरीले सुचना र सुराकीको आधारमा उनलाई आफ्नै घरबाट पक्राउ गरेको जनाएको छ। माथागढी गाउँपालिका–कसेनीका ४२ वर्षीय केशवबहादुर कुमाल पक्राउ परेका हुन्। अपराधीक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका कुमाललाई यसअघि पोखरामा नियन्त्रणमा लिएर कारागार चलान गरिएको थियो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
