हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट चिप्लिएर समुद्रमा खस्यो विमान
काठमाडौँ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) एउटा कार्गो विमान धावनमार्गबाट चिप्लिएर समुद्रमा खसेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार विमान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। उनीहरू ग्राउन्ड स्टाफ थिए। उनीहरूको गाडीसँग ठोकिँदै विमान समुद्रमा खसेको हो। सँगै गाडी पनि समुद्रमा खसेको छ। जहाजमा रहेका सबै चार जना चालक दलका सदस्य भने बाँच्न सफल भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
