SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ ०५:३० AM · 1 मिनेट पढाइ

बसको ठक्करबाट तिहार मनाउन घर फर्कँदै गरेका युवकको मृत्यु

बुटवल । तिहार मनाउन घर जान हिँडेका एक युवाको बुटवलमा बसको ठक्करबाट मृत्यु भएको छ । बसको ठक्करबाट कपिलवस्तुको विजय नगर गाउँपालिका वडा नं ७ बडसुदुवाका ३५ वर्षीय दिनेश यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । लुम्बिनी बस टर्मिनलबाट निस्किने क्रममा सोमबार बिहान  पैदल यात्री दिनेशको  मृत्यु भएको हो ।