SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ ०६:३६ AM · 1 मिनेट पढाइ

गुल्मीमा ४०६ जनाले राहदानी बनाउँदा  २० लाख बढी राजस्व सङ्कलन

गुल्मी, ३ कात्तिक । गुल्मीमा एक हप्ताको समय अवधिमा राहदानीबाट मात्रै २० लाख बढी राजस्व सङ्कलन भएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म ४०६ जनाको राहदानीका लागि आवेदन सङ्कलन हुँदा २० लाख ४७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको हो ।