इजरायलमा मारिएका विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने
काठमाडौं, ३ कात्तिक । इजरायलमा मारिएका नेपाली विद्यार्थी विपिन जोशीको शव आजै कञ्चनपुर पठाइने भएको छ । विपिनको शव बोकेको फ्लाई दुबई को विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि आजै धनगढी पठाउने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । धनगढीबाट विपिनको शव कञ्चनपुरको भिमदत्त नगरपालिका–स्थित उनको घरमा लैजाने र त्यहीं अन्तिम संस्कार गरिनेछ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
