SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ १२:३१ PM · 1 मिनेट पढाइ

विपिन जोशीका परिवारलाई सुदूरपश्चिम सरकारले २ लाख सहयोग गर्ने

काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले विपिन जोशीका परिवारलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ । इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका कञ्चनपुरको भीमदत्त नगरपालिका निवासी जोशीका परिवारलाई मानवीय सहायता स्वरूप प्रदेश सरकारले उक्त सहयोग उपलब्ध गराउने जनाएको छ ।