SHARE
बुटवल टुडे · सोमबार ३ कात्िक २०८२ ०१:५७ PM · 1 मिनेट पढाइ

विपिन जोशीको शव परिवारलाई जिम्मा

काठमाडौं । इजरायलमा मारिएका विपिन जोशीको पार्थिव शरीर उनको परिवारलाई बुझाइएको छ । सोमबार साँझ धनगढी विमानस्थल पुर्‍याइएको विपिनको शव नेपाली सेनाको टोलीले सम्मानसहित परिवारलाई बुझाएको हो । जोशीका दाजु किशोर जोशीसहितका आफन्तले शव बुझेका हुन्। उनको महाकाली घाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ । आजै दिउँसो उनको शव नेपाल ल्याइएको थियो ।