९२ जुवाडे पक्राउ : २८ लाखभन्दा बढी नगद बरामद
काठमाडौँ, ४ कात्तिक । देशका विभिन्न जिल्लामा जुवातास खेलिरहेको अवस्थामा ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेकासँग करिब २८ लाखभन्दा बढी नगद र तासका बुक बरामद गरिएको प्रहरीले जनाएको छ। संखुवासभा, ललितपुर, काभ्रे, सिन्धुली, कास्की, दाङ, बाँके र जुम्लालगायत जिल्लामा पछिल्ला तीन दिनयता प्रहरीले विशेष अभियान सञ्चालन गरी जुवातासमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: बुटवल टुडे
