SHARE
बुटवल टुडे · मङगलबार ४ कात्िक २०८२ ०२:०८ AM · 1 मिनेट पढाइ

निर्वाचन तयारीबारे आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको उनको सचिवालयले जनाएको छ। छलफल आज (मंगलबार) दिउँसो ४ बजेका लागि छलफल तय भएको छ।