SHARE
बुटवल टुडे · मङगलबार ४ कात्िक २०८२ ०२:१३ AM · 1 मिनेट पढाइ

डेडिकेटेड तथा ट्रंक लाइन महसुल नबुझाएका उद्योगहरूको लाइन काट्न सुरु

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरेर प्रिमियम महसुल नतिरेका उद्योगको लाइन काट्न सुरु गरेको छ । प्राधिकरणले मङ्गलबार बिहान जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको विद्युत् लाइन काटेको छ ।