SHARE
बुटवल टुडे · मङगलबार ४ कात्िक २०८२ ०३:५६ PM · 1 मिनेट पढाइ

दलहरूलाई प्रधानमन्त्री कार्कीको आग्रह : अब जेनजीसँगै बसौँ, स्थिति सामान्यीकरण गर्दै चुनावतिर जाऔँ

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई जेनजी युवासँग संवादमा बस्न र स्थिति सामान्यीकरण गर्दै तोकिएकै समयमा चुनावतिर अघि बढ्न आग्रह गरेकी छन् । दलहरूसँगको संवादमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘सरकार भयरहित वातावरणमा तोकिएकै समयमा चुनाव गराउन कटिबद्ध छ । त्यसका लागि मन्त्रीज्यूहरू, सुरक्षा निकायलगायत हामी सबै अहोरात्र खटिरहेका छौँ।