भीमफेदी दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको गाडी भीमफेदी नजिक चिसापानीगढीमा दुर्घटना हुँदा १० जनाको ज्यान गएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै सभापति थापाले हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले आफूलाई स्तब्ध र अत्यन्तै मर्माहत बनाएको बताएका हुन् । उनले अकल्पनीय दुर्घटनामा ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।