आफ्नो खुसीसँगै अरूको पीडामा सहभागी बनौँ : भण्डारी
काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले चाडपर्वको उल्लासबाट बाहिर निस्केर गरिब, असहाय तथा विपन्न समुदायको अवस्थाबारे सोच्न आग्रह गरेका छन्। उनले धेरै नाचगान, रमाइलो र खुसी साटासाट गरिसकेकाले अब गरिब, असहाय, बाढीपीडित, सुकुम्बासी तथा विदेशिएका नेपालीले कसरी चाडपर्व मनाए होलान् भनेर सोच्ने बेला आएको बताएका हुन्। ‘अब चाडपर्वको उल्लासबाट बाहिर निस्कने बेला भयो।