SHARE
कालिका खबर · मङगलबार २५ कात्िक २०८३ ०६:३० AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीको पुनर्निर्माण गर्न बागमतीको ६ अर्ब बजेट कटौती

हेटौँडा ।  बागमती प्रदेश सरकारले भोटेकोशीको विनाशकारी बाढीबाट पुगेको क्षतिको पुनर्निर्माण गर्न ६ अर्ब रुपैयाँ बजेट कटौती गरेको छ । रसुवा, नुवाकोट तथा धादिङ क्षेत्रमा भएको क्षतिको पुनर्निर्माण तथा विपद् व्यवस्थापनका लागि विभिन्न मन्त्रालयको चालु आर्थिक वर्षको बजेटबाट करिब ६ अर्ब रुपैयाँ कटौती गरेको हो । गत भदौ १० मा आएको विनाशकारी बाढीका कारण भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले बागमतीका तीन जिल्ला बढी प्रभावित भएका थिए । प्रदेश सरकारले बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणका लागि गत असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले बजेट कटौती गर्ने निर्णय गरेको थियो ।