SHARE
कालिका खबर · आइबार​ २३ कात्िक २०८३ ०७:३७ AM · 1 मिनेट पढाइ

दुई हजार मेट्रिक टन खपत हुने नेपालमा ४७ हजार मेट्रिक टन पपकोर्न आयात, तस्करीमार्फत भारत पठाएर करोडौँको हुन्डी कारोबार चल्दै

वीरगंज – नेपालमा वार्षिक रूपमा खपत हुने पपकोर्नको परिमाणभन्दा कैयौँ गुणा बढी आयात भएको तथ्याङ्कले नेपालको आयात प्रणाली, भन्सार प्रशासन र खुला सीमाको निगरानीमाथि गम्भीर प्रश्न उठाएको छ । पपकोर्नको नाममा विदेशबाट ठुलो परिमाणमा मकै आयात गर्ने, नेपालमा कम भन्सार महसुल तिर्ने र त्यसपछि भारततर्फ अवैध रूपमा पठाएर नाफा कमाउने सङ्गठित व्यापारिक गतिविधि भइरहेको आशङ्का सार्वजनिक भएको छ । प्राप्त एक अध्ययन प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२४/२५ मा नेपालले करिब ४७ हजार मेट्रिक टन पपकोर्न आयात गरेको थियो ।