SHARE
कालिका खबर · शुक्रबार​ २१ कात्िक २०८३ ०९:५७ AM · 1 मिनेट पढाइ

सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा

काठमाडौँ : ओखलढुङ्गाको लिखु गाउँपालिका–९ मा सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगका अनुसार आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ मा सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अनियमितता गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । अनुसन्धानबाट तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरू ओमबहादुर दर्जी र अभयकुमार गुप्ता, निमित्त प्रमुख प्रशासकीय अधिकृत दिनानाथ चौधरी, एमआईएस अपरेटर खिला विक र तत्कालीन वडा अध्यक्ष शुकविर तामाङको संलग्नतामा रकम हिनामिना भएको देखिएको आयोगको दाबी छ।