SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ १२:५९ AM · 1 मिनेट पढाइ

मुसिकोटमा घरबार विहीनलाई घर 

गुल्मी, ३० असोज ।  गुल्मीको मुसिकोट नगरपालिकामा सामाजिक अभियन्ताहरूको सहयोगमा एक विपन्न परिवारका लागि घर हस्तान्तरण गरिएको छ । मुसिकोट नगरपालिका–५ आँपचौर स्थित हात्तिगौँडा निवासी झिल्के दाइको नामबाट परिचित शिवलाल बिकको परिवारलाई घर निर्माण गरि हस्तान्तरण गरिएको हो ।