SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०२:२१ AM · 1 मिनेट पढाइ

केरा खेतीमा भविष्य खोज्दै भानुभक्त रोकाय

दाङ, ३० असोज राप्ती गाउँपालिका–५ छोट्की सिसहनियाका भानुभक्त रोकाय अहिले गाउँकै सफल केरा किसानका रूपमा परिचित छन्। आठ वर्षअघि उनले परिक्षणका रूपमा चार कठ्ठा जमिनमा सुरु गरेको केरा खेती अहिले दुई बिघामा विस्तार भइसकेको छ, र यस वर्षदेखि थप साढे एक बिघामा खेती विस्तार गर्ने तयारीमा छन्।