SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०२:५८ AM · 1 मिनेट पढाइ

रामग्रामका बालबालिकामा कुपोषण बढ्दो

नवलपरासी, ३० असोज । जिल्लाको रामग्राम नगरपालिकाका बालबालिकामा कुपोषणको अवस्था बढ्दै गएको देखिएको छ । कुपोषणलाई हटाउने गरी विभिन्न कार्यक्रम गर्दै आए पनि कार्यक्रमहरू प्रभावकारी हुन नसक्दा कुपोषणको अवस्था बढ्दै गएको तथ्याङ्कले देखाएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको हो ।