SHARE
बुटवल टुडे · बिहीबार ३० असो २०८२ ०३:४६ AM · 1 मिनेट पढाइ

धान र चामलको आयात कहिलेसम्म ?

अधिकांश युवा कृषि पेसा छोडेर विदेश पलायन भइरहेको पछिल्लो समय नेपाललाई कृषिप्रधान मुलुकको परिचय दिनु उपयुक्त हुन्छ, हुँदैन, त्यो सरकार र कृषि विज्ञहरूले बुझ्ने कुरा हो । तर, नेपाललाई अझै पनि कृषिप्रधान मुलुकको संज्ञा दिँदा अत्युक्ति हुँदैन । किनभने नेपालका करिब ८० प्रतिशत जनताको जीवनको आधार कृषि नै हो ।